काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौँथौ वार्षिक साधारण सभा शुक्रबार (बैशाख ९ गते) बस्दैछ । चैत १० गते बसेको संचालक समितिको बैठकले सभा हायात प्लेस रेडक्रस रोड ताहाचल काठमाडौंमा साझँ ४ गते बस्ने गरी बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धी अनुसूचि तथा एनएफआरएस प्रणाली लागू गरि तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ । साथै चालु आर्थिक वर्ष २०७७।०७८ को लागि लेखा परीक्षक सुशिल एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् सुशिल घिमिरेको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
त्यस्तै, संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरुको निर्वाचन गर्ने समेत सभाको कार्य सूचि रहेको छ । कम्पनीको पूँजी बृद्धि गर्ने लगायत प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने सम्बन्धमा समेत सभामा छलफल हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, ११ : १७
लेखकबाट थप