महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १४ : ४०
महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । बैंकको फागुन १३ गते सम्पन्न २० औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले बीसौ साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुदाँका वखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई बोनश शेयर चैत ३० गतेदेखि डिम्याट खातामा जम्मा गर्न सुरु गरेको कम्पनीले जनाएको छ ।

साथै भौतिक रुपमा शेयर धारण नगरेका शेयरधनीहरुले बैंकको शेयर अभौतिकिकरण भए पश्चात बोनस शेयर स्वत शेयरधनीहरुको खातामा जम्मा गरिने भएको हुदाँ यथाशिघ्र शेयर अभौतिकिकरण गर्ने अनुरोध गरेको छ ।कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस