काठमाडौं । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्ष देखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी वैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ। यसपालिको एसईई पहिलाकै जस्तो सामान्य अवस्थामा सुरु गर्न लागेको हो ।
एसईई परीक्षामा सिराहा जिल्लाबाट १० हजार ६ सय ४० जनासमेत गरि देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना छात्र–छात्रा सहभागी हुने भएका छन्।
सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।
प्राविधिक धार तर्फका सवै विद्यार्थीको परीक्षा सदरमुकाम सिरहाको बालमन्दिर विद्यालयमा हुने समन्वय ईकाई प्रमुख महतोले जनाए ।
अघिल्लो २ वर्ष सम्म ग्रेड वृद्धिको लागि छुट्टै परीक्षा केन्द्र सञ्चालन गरेपनि यो पटक सवैलाई एकैठाउँमा राखेर परीक्षा लिने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद