काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)ले आगामी स्थानीय तह निर्वाचनमा आफूले जितेका स्थानमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्ने जनाएको छ ।
नेकपा एसले मंगलबार निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।
‘स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ,’ घोषणापत्रमा उल्लेख छ ।
स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने नेकपा एसले जनाएको छ ।
‘जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु , मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने छ,’ घोपाणापत्रमा लेखिएको छ ।
स्वास्थ्योपचारसम्बन्धी स्थानीय ज्ञान र सिपको संरक्षण गर्नुका साथै स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवा पु¥याउनु स्थानीय सरकारको प्रमुख कर्तव्य हुने पनि नेकपा एसले जनाएको छ ।
‘पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नका लागि स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्नेछन् । यसबाट एकातिर दूर–दराजका जनताले पनि घरआगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् भने अर्कोतिर स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ,’ घोषणापत्रमा भनिएको छ ।
जनताको सहज स्वास्थ्य उपचारका लागि घुम्ती स्वास्थ्य शिविर, मोबाइल नर्सिङ, टेली मेडिसिनका साथै टोल टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी औषधि र जनशक्तिको उचित व्यवस्था गरिने प्रतिवद्धता घोषणापत्रमा गरिएको छ ।
सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने नेकपा एसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ बैशाख २०७९, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी
नेकपा एसको सचिवालय बैठक स्थगित
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण