युक्रेनका २५ जना मरिन सैनिकले मरिउपोल नजिक भोलोदारस्कोए गाउँमा आत्मसमर्पण गरेका छन् । युक्रेनी सेनाको २६औं ब्रिगेडका यी सैनिकहरू मरिउपोलबाट भाग्न सफल भएका थिए । उनीहरू अँध्यारोमा अघि बढ्थे अनि दिउँसो खाली घरहरूमा लुक्थे ।
तर भोलोदारस्कोए गाउँमा डोनेत्स्क जनगणतन्त्रका सैनिकहरूले उनीहरूलाई देखेर घेराबन्दी गरे । आफू कम संख्यामा भए पनि डोनेत्स्क सैनिकहरूले युक्रेनी सैनिकहरूलाई रोकेर राखे अनि रिइन्फोर्समेन्टको प्रतीक्षा गरे । युक्रेनी मरिनहरूले त्यसपछि आत्मसमर्पण गर्नु नै उचित हुने निर्णय लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १५ : १३
लेखकबाट थप