प्रभु इन्स्योरेन्सका सीईओको तलव झण्डै १ करोड

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १३ : ५५
प्रभु इन्स्योरेन्सका सीईओको तलव झण्डै १ करोड

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक तलव झण्डै १ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्स कम्पनीका सीईओ सञ्चित बज्राचार्यले गत आर्थिक बर्ष २०७७–७८ मा ८५ लाख ८७ हजार १०२ रुपैयाँ बुझेका छन् ।

सीईओ बज्राचार्यले वार्षिक तलव तथा भत्ता वापत ६२ लाख ५४ हजार रुपैयाँ, कर्मचारी बोनस वापत २३ लाख २५ हजार ६०२ रुपैयाँ र जीवन बीमा वापत ७ हजार ५ सय रुपैयाँ गरी कूल ८५ लाख ८७ हजार १०२ रुपैयाँ पारिश्रमिक बुझेका छन् ।अघिल्लो बर्ष भने सीईओ बज्राचार्यले वार्षिक तलव तथा भत्ता वापत ५७ लाख ४५ हजार रुपैयाँ, कर्मचारी बोनस वापत २० लाख ४० हजार ५४६ रुपैयाँ र जीवन बीमा वापत ७ हजार ५ सय रुपैयाँ गरी कूल ७७ लाख ९३ हजार ४६ रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

सीईओ बज्राचार्यको अघिल्लो आर्थिक बर्षको तुलनमा गत आर्थिक बर्षमा ७ लाख ९४ हजार रुपैयाँ तलव तथा भत्ता बढेको हो ।साथै इन्स्योरेन्सका अन्य प्रमुखहरुले एक बर्षको अवधिमा गत बर्ष ९१ लाख ७१ हजार २५० रुपैयाँ पारिश्रमिक बुझेका छन् । यता आर्थिक वर्ष २०७७–७८ मा कम्पनीका अध्यक्षसहितका सञ्चालकहरुले बैठक भत्तावापत १३ लाख ३४ हजार ३५३ रुपैयाँ भत्ता बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस