काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले चुनाव सर्ने हल्ला फैलिरहेको भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रष्ट पारे ।
'निर्वाच सर्दैन् । ३० वैशाखमै निर्वाचन हुन्छ । गठबन्धनमा आबद्ध दलहरू निर्वाचनको तयारीमा केन्द्रित भएर लागेका छौं । आम मतदातालाई म आ-आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गर्न आग्रह गर्दछु,' प्रचण्डले भने ।
निर्वाचनको मिति सर्ने खेलमा पाँच दलीय गठबन्धन नै लागेको भन्दै हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने प्रष्ट पारे । प्रचण्डले साझा चुनाव चिन्हबारे छलफल भइरहेको स्वीकार गरेका छन् । तर आसन्न स्थानीय निर्वाचनमा त्यो सम्भावना कम रहेको उनले बताएका छन् ।
‘वडाध्यक्ष जसले पाउँछ, उसकै चुनाव चिनाव चिन्ह लिएर जाने छलफल भइरहेको छ । तर तत्काल सम्भावना छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वामपन्थी एकता आवश्यक छ: प्रचण्ड
‘निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ’ : ‘प्रचण्ड’
निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न ‘प्रचण्ड’को अपिल
जेनजेडले भने जस्तै भ्रष्टाचारविरुद्ध संविधान परिमार्जन गर्ने कुरामा प्रतिबद्ध छौ : प्रचण्ड
अहिलेको निर्वाचन विशेष परिस्थितिमा भएकाले सामान्य तरिकाबाट लिन हुदैँन : प्रचण्ड
रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने