काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी-२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै अहिले एक खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ ।
पहिलो पटक दिल्लीको फिजियो प्याट्रिक फरहार्टमा कोरोना पोजिटिभ देखिएको थियो । अब, उनीसँगै एक खेलाडीमा समेत कोरोना देखिएको हाे । उनकाे नाम भने सार्वजनिक गरिएकाे छैन ।
अब, दिल्लीले आफ्नो खेल पञ्जाब किंग्सविरुद्ध खेल्दै छ । खेलअघि टिम पुणे पुग्नु पर्ने थियो । तर, टिम हाल होटलमै रहेको छ । कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।
जारी आईपीएलमा दिल्लीले पाँच खेल खेल्दा दुई जित र तीन हारका साथ चार अंक जोडेर आठौं स्थानमा छ । जारी लिगमा ६ खेल खेल्दै १२ अंक जोडेको गुजरात टाइटन्स शीर्षस्थानमा छ ।
अघिल्लो सिजनको आईपीएल कोरोनाकै कारण संयुक्त अरब इमिरेट्स (यूएई)मा सारिएको थियो । भारतमा बन्द रंगशालामा गराउँदा समेत कोरोना संक्रमण देखिन थालेपछि खेल यूएईमा सारिएको हो ।
प्रतियोगिता अन्तर्गत आज(सोमबार) एक खेल हुँदै छ । बेलुकी हुने खेलमा राजस्थान रोयल्स र कोलकता किङ्स राईडर भिड्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित