बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु, महानगर-उपमहानरको चुनावी तालमेलमा केन्द्रित

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १० : ५६
बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु, महानगर-उपमहानरको चुनावी तालमेलमा केन्द्रित

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आज बिहान शुरु भएको बैठकमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरू सहभागी छन् । 

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन हुन नसक्ने वा सर्ने आशंका(अड्कलबाजी चलिरहेका बेला गठबन्धनमा तलमेललाई लिएर विवाद उत्कर्षमा छ ।

महानगर र उपमहानगरसहितका महत्त्वपूर्ण स्थानमा उम्मेदवारको भागबण्डामा सत्ता गठबन्धनभित्र समस्या छ । उम्मेदवारको भागबण्डा तथा चुनावी तालमेलका सम्बन्धमा पाँच दलीय गठबन्धन भित्रका दलमा आन्तरिक रूपमा असन्तुष्टि उच्च बनेको छ ।

प्रतिक्रिया दिनुहोस