काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकासहित १३ वटा पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि गठबन्धनको औचित्य समाप्त भएको छ।
कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका सभापति रामनरेश यादवले शनिबार संयुक्त प्रेस विज्ञप्तिमार्फत सो निर्णय सार्वजनिक गरेका हुन् ।
सत्ता गठबन्धनका पाँच दलमध्ये नेपाली काँग्रेस र जसपाबाहेकका अन्य दल नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी र लोसपा अस्तित्वमा भए पनि ती दलको प्रभाव जिल्लामा कमजोर छ।
सत्ता गठबन्धनका दुई प्रमुख दल काँग्रेस र जसपाले एक्लाएक्लै निवार्चनमा भाग लिने निर्णय गरिसकेपछि गठबन्धनको औचित्य नरहेको दुवै दलका जिल्लास्तरीय शीर्ष नेताहरूको भनाइ छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ बैशाख २०७९, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?