काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने प्रवक्ता डाक्टर प्रकाशरण महतले जनाकारी दिएका छन् ।
बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनसम्बन्धी छलफल केन्द्रित हुने छ। जहाँ उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक