काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा जारी छ । बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने प्रवक्ता महतले बताए।
नेपाली कांग्रेसले यस वर्ष पार्टी नेतृत्वको सरकारले गरेका काम र गर्ने कामबारे जनतालाई सशक्त ढंगले सुसूचित गराउने तयारी पनि गरेको छ । काम गर्ने तर प्रचार नगर्ने गरेका कारण विगतको निर्वाचनमा परिणाम आउन नसकेको कुरालाई बोध गर्दै यसवर्ष पार्टीले गरेको कामबारे जनतालाई सशक्त ढंगले जानकारी गराउन लागिपर्ने तयारी गरिएको पार्टी प्रवक्ता महतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक