काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा जारी छ । बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने प्रवक्ता महतले बताए।
नेपाली कांग्रेसले यस वर्ष पार्टी नेतृत्वको सरकारले गरेका काम र गर्ने कामबारे जनतालाई सशक्त ढंगले सुसूचित गराउने तयारी पनि गरेको छ । काम गर्ने तर प्रचार नगर्ने गरेका कारण विगतको निर्वाचनमा परिणाम आउन नसकेको कुरालाई बोध गर्दै यसवर्ष पार्टीले गरेको कामबारे जनतालाई सशक्त ढंगले जानकारी गराउन लागिपर्ने तयारी गरिएको पार्टी प्रवक्ता महतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस
काँग्रेसद्वारा भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय