१६ वैशाखपछि धारामा मेलम्ची पानी

पत्रपत्रिकाबाट

बुधबार, ३० चैत्र २०७८, ०७ : ३५
१६ वैशाखपछि धारामा मेलम्ची पानी

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्नेछ । वितरण प्रणालीमार्फत उपभोक्ताका धारामा पानी पठाइनेछ ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले मंगलबार सुरुङमा छाडिएको सुरुङमा पठाइएको प्रतिसेकेन्ड २ सय ६५ लिटर पानी काठमाडौं सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने बताएका छन् । सुन्दरीजलमा पानी आइपुगेको दुई दिनपछि वितरणका लागि तयार हुनेछ ।

यसरी तयार भएको पानी वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) गर्नेछ । केयूकेएलले तालिका बनाएर उपभोक्ताको धारामा पानी पठाउनेछ ।

अहिले ल्याउन लागिएको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको झन्डै ४० दिनपछि पुनः सुरुङमा पानी पठाउन बन्द गरिने योजना रहेको छ । सम्भवतः आगामी आगामी २५ जेठदेखि सुरुङमा पानी पठाउन बन्द गर्ने योजना रहेको छ ।

अहिले अस्थायी रूपमा मात्र पानी हालिएको र वर्षा सुरु भएपछि चार महिना पानी पठाउन बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । राज्धानि दैनिक मा खबर छ ।

प्रतिक्रिया दिनुहोस