बलिउड गायिका आस्था गिलको काठमाडौंमा प्रस्तुति

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १८ : ११
बलिउड गायिका आस्था गिलको काठमाडौंमा प्रस्तुति

काठमाडौं । बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ गते शनिबार अर्थात् मे ७ मा राजधानीमा गुञ्जिने भएकी छन् । उनले ‘आस्था गिल लाइभ’ कार्यक्रममार्फत आफ्ना लोकप्रिय हिट नम्बरबाट दर्शक नचाउने भएकी हुन् ।

दरबारमार्गस्थित क्लब प्लाटिनमले उनलाई सांगीतिक कार्यक्रम सहित प्रस्तुत गर्न लागेको हो । युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रमको आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । टिकटको मुख्य लागि १ हजार र भीआइपीका लागि २ हजार राखिएको छ । कार्यक्रमको अनलाइन टिकेटिङ पार्टनर ग्लोबल अनलाइन पे रहेको छ ।

फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीत लोकप्रिय छन् ।उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् । 

प्रतिक्रिया दिनुहोस