एएफसी फुटसल: नेपाल अफगानिस्तानसँग पराजित

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १६ : १६
एएफसी फुटसल: नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं । एएफसी फुटसल एसियन कप–२०२२ छनोटअन्तर्गत अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८–१ अन्तरले पराजित भएको छ । मंगलबार कीर्गिस्तानको बिश्केकमा सान्त्वना जितको खोजीमा रहेको नेपाल अफगानिस्तानसँग ठूलो अन्तरले पराजित भएसँगै खेलिएको तीनै खेल विपक्षीलाई सुम्पिएको छ ।

लगातार दुई खेल हारेसँगै प्रतियागिताबाट बाहिरिएको नेपालले आज अन्तिम खेल खेलेको थियो । नेपाल ७–० ले पछि परेको स्थितिमा सुमित श्रेष्ठले एक सान्त्वना गोल गरेका थिए । 

यसअघि नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा ताजकिस्तानसँग ११–१ ले लज्जास्पद हार बेहोर्याे । यस समूहबाट उज्वेकिस्तान र ताजकिस्तान एसिया कपमा स्थान बनाउँदा अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् । 

messenger sharing button

प्रतिक्रिया दिनुहोस