माओवादीको सर्कुलर: वैशाख ५ गते भित्र उम्मेदवारहरूको सिफारिस गरिसक्न निर्देशन, प्रत्येक जिल्लाकाे एक पालिका प्रमुखमा महिला

केन्द्रको स्वीकृतिबिना गठबन्धन तोड्न रोक

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १० : १५
माओवादीको सर्कुलर: वैशाख ५ गते भित्र उम्मेदवारहरूको सिफारिस गरिसक्न निर्देशन, प्रत्येक जिल्लाकाे एक पालिका प्रमुखमा महिला

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र मातहतका कमिटीमा स्थानीय तह निर्वाचनमा लड्ने उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार सर्कुलरमार्फत सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गते भित्र गरिसक्न निर्देशन दिएका हुन् । 

माओवादीले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने पनि मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।  केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन पनि माओवादीले रोक लगाएको एक नेताले बताए ।

गठबन्धनकै दलहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने सर्कुलरमा भनिएको ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस