कोरोना अपडेट : थप ४ जनामा संक्रमण पुष्टि, ४८ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, १६ : २७
कोरोना अपडेट : थप ४ जनामा संक्रमण पुष्टि, ४८ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७४० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८०० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ जना र ९ सय ४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७२१ पुगेको छ । हाल नेपालमा ५ सय ९२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४० जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख १८ हजार ७७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस