आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, ०८ : १३
आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशका अधिकांश स्थानमा आंशिक बदली भइ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभावका कारण पूर्व, मध्य र पश्चिमका केही स्थानमा शनिबार पनि बलदी तथा वर्षा भएको थियो । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

आइतबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस