रामनवमीको अवसरमा ४६औँ विश्व हिन्दु एकता दिवस मनाइने

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १६ : ४८
रामनवमीको अवसरमा ४६औँ विश्व हिन्दु एकता दिवस मनाइने

काठमाडौं । विश्व हिन्दु युवा अन्तर्राष्ट्रिय समितिले भोलि आइतबार (चैत २७) गते विशेष चाड रामनवमीको अवसर पारेर ४६औँ विश्व हिन्दु एकता दिवस मनाउने भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले यसबारे जानकारी दिएको हो । समितिले भोलिको कार्यक्रममा सहभागी हुन पनि अपिल गरेको छ । 

भोलि चैत २७ गते काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरबाट प्रारम्भ हुने र्‍याली भुवनेश्वर पशुपतिनाथमा गएर सभामा परिणत हुने समितिले जनाउको छ । र्‍यालीमा नेपाली सेनाको विशेष ब्यान्डको टोली रहने जनाइएको छ । साथै, नेपाली सेनाको बग्गी, सशस्त्र प्रहरी टोली लगायतका सुरक्षा निकायको सहभागिता रहने जनाइएको छ । 

कार्यक्रममा विश्व हिन्दु महासंघ बासँबारी, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा.रामचन्द्र अधिकारी, नेपाल विश्व हिन्दु महासंघ, हिन्दु जागरण नेपाल, नेपाल सन्त समाज लगायत थुप्रै धार्मिक संस्थाको सहभागिता रहने छ । 

प्रतिक्रिया दिनुहोस