उच्च मनोबलका साथ सामुदायको स्वास्थ्य सेवामा लाग्न स्वास्थ्य स्वयंमसेविकाहरुलाई महानगर प्रमुख दाहालको आग्रह

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १६ : ३०
उच्च मनोबलका साथ सामुदायको स्वास्थ्य सेवामा लाग्न स्वास्थ्य स्वयंमसेविकाहरुलाई महानगर प्रमुख दाहालको आग्रह

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामुदायमा आधारित भएर स्वास्थ्य सेवा र सचेतनाको क्षेत्रमा उल्लेखिय योगदान दिएकोमा स्वास्थ्य स्वयंमसेविकाहरुको प्रशंसा गरेकी छन् ।शनिवार भरतपुरमा आयोजित मेयरसंग महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका आमा बच्चा स्वास्थ्य अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै सो कुरा बताएकी हुन् ।

सो अवसरमा प्रमुख दाहालले आफू महानगरमा प्रमुखको रूपमा पदभार ग्रहण गरेको पहिलो निर्णय भरतपुर अस्पतालमा महिला तथा वृद्दहरूलाई ओपिडी टिकटमा छुट दिएर सुरू गरेको र निरन्तर रूपमा महिला बालबालिका तथा एकल महिलाहरूको पक्षमा विभिन्न कार्यक्रमहरू संचालन गरेको बताईन् । विगतमा महिला  स्वास्थ्य स्वयंमसेविकालाई न्यूनतम सेवा सुबिधा प्रदान गरिरहेको र आउँदा दिनहरूमा यसलाई बढाएर लैजाने उनले बताईन् ।यातायात र संचार खर्च र चार्डपर्व खर्च थोरै भएपनि सुरूवात गरिएको र ६० बर्ष उमेर पुगेका स्वयंमसेविकालाई ५० हजार नगद सहित सम्मान गर्ने कार्यको सूरूवात गरिएको समेत बताईन् । बिमा प्रोत्साहन भत्ताका साथै अन्य सेवा सुबिधाहरू कार्यविधी बनाई एक रूपतामा प्रदान गर्ने समेत बताईन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले स्वास्थ्य स्वयंमसेविकाहरूले खोप ,आमा तथा बालबालिका स्वास्थ्य शिक्षा तथा सचेतनाका साथै सरूवा रोग सम्बन्धि सचेतना प्रवाह गरी समुदायमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उच्च मनोवलका साथ सामुदायको स्वास्थ्य सेवामा लाग्न आग्रह गर्दै आफू स्वास्थ्य स्वयंमसेविकाको साथमा रहेको बताईन् ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरूले समुदाय स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा  महत्वपूर्ण  भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य सचेतनाको साथै खोप र स्वस्थ जिवनयापनमा राष्ट्रलाई योगदान दिएकोमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूलाई धन्यवाद दिएका थिए । दिगो विकास लक्ष्य हासिल गर्न मात्रृशिसु,आमाबच्चा सूरक्षा ,आधारभूत स्वास्थ्य शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धिमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूको योगदान रहेको बताए । 

सो अवसरमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूले आफूहरूले स्वास्थ्य क्षेत्रमा पूर्याएको भूमिका र आफ्नो समस्याका  बारेमा आ आफ्नोधारणा राखेका थिए ।आमा बच्चा स्वास्थ्य नेपालकी कबिता खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका अन्तरगत २९ वटै वडामा कार्यरत २ सए ७ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस