सुर्खेतमा १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १६ : ०२
सुर्खेतमा १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण

काठमाडौं । आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो ।आयोगले वितरण गरेकामध्ये २ पुर्जा नेपाल सरकारका नाममा छन् । सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । वर्षौंपछि पुर्जा पाउँदा स्थानीय खुशी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङलगायत अन्यसेवा उपभोग गर्नबाट उनीहरू वञ्चित हुँदै आएका थिए । 

 सरकारले भूमिहिन, सुकुम्बासीलाई जग्गा दिनाका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको  5। कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलोपटक भूमिहिनलाई पुर्जा वितरण गर्न आफूहरू सफल भएको 5।उपप्रमुख आचार्यले भने, ‘नागरिकको वर्षौंदेखिको ठूलो समस्या समाधान भएको छ । अब नगरभित्रका बाँकी भूमिहिन सुकुम्बासीलाई जग्गा दिनाका साथै पुर्जासमेत प्रदान गर्न पहल गर्छौं ।

प्रतिक्रिया दिनुहोस