थारु पत्रकार संघको २५ सदस्यीय कार्यसमिति चयन

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १५ : ४५
थारु पत्रकार संघको २५ सदस्यीय कार्यसमिति चयन

काठमाडौं ।थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप कुमार लेखी सर्वसम्मत निर्वाचित भएका छन्। नवलपुरको अमलटारी सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट प्रदीप कुमार लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो।

यस्तै वरिष्ठ उपाध्यक्षमा शन्तकुमार चौधरी (चितवन) निर्वाचित भएका छन् भने उपत्यकासहित ७ प्रदेशमा उपाध्यक्ष चयन गरिएको छ। यस्तै प्रदेश–१ मा कुलदीप चौधरी (सुनसरी), मधेश प्रदेशमा प्रतिमा चौधरी (बारा), बागमती प्रदेशमा किशोर चौधरी सरिखाँ, एशोसिएटमा सहदेव चौधरी (काठमाडौँ) र लुम्बिनी प्रदेशमा सञ्जु चौधरी निर्वाचित भएका छन् भने कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मनोनयन गर्न बाँकी छ।

यस्तै महासचिवमा लक्ष्मी चौधरी (काठमाडौँ) निर्वाचित भएकी छिन् भने उपमहासचिवमा विजय चौधरी (चितवन) निर्वाचित भएका छन्।यस्तै सचिव (महिला)मा दिपशिखा चौधरी (दाङ),सचिव (पुरुष)मा लीलानाथ गच्छदार (मोरङ) सर्वसम्मत भएका छन् भने कोषाध्यक्षमा कारी महतो (चितवन) सर्वसम्मत भएका छन्।

यस्तै केन्द्रीय सदस्यहरुमा सबी चौधरी (दाङ), धिरेन्द्र चौधरी (बारा), मनोज चौधरी (चितवन), दिनेश कुमार चौधरी (काठमाडौँ), राज चौधरी  (रुपन्देही), जनक चौधरी (बर्दिया), नवीन चौधरी (बारा), सुमित्रा चौधरी (चितवन) सर्वसम्मत चयन भएका छन्। बाँकी दुई जना केन्द्रीय सदस्य केन्द्रीय कार्यसमितिले मनोनित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस