इस्लिङटन कलेजमा स्प्रिङ कार्निभल

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, १५ : ३३
इस्लिङटन कलेजमा स्प्रिङ कार्निभल

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्प्रिङ कार्निभल–२०२२ आयोजना गरेको छ ।कोभिड संक्रमणको कारण विगत दुई वर्षदेखि रोकिएको कार्निभल योवर्ष भव्य रुपमा सम्पन्न गरेको हो । 

कलेज परिसरमा आयोजना गरिएको कार्निभल महोत्सवमा विभिन्न २५ वटा विधामा विद्यार्थीले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । कार्निभल आयोजना गरेको २५ वर्ष पुगेको अवसरमा २५ वटा स्टल राखिएको थियो । विद्यार्थीले कलेजमा सिकेका, आफ्ना उत्पादनलाई विश्वबजारमा चिनाउने र आफूले कलेजमा तयार गरेको परियोजना स्टलमा राखिएको थियो । कलेजले सय टिमबाट छनौटमा परेका २५ टिमलाई कार्निभलमा सहभागी गराएको थियो । कलेजमा उपस्थित विद्यार्थीले विभिन्न जातजातिका भेषभूषा लगाएका थिए । कलेजले सो महोत्सवलाई ‘इथ्निक डे’ को रुपमा मनाइएको थियो ।

कार्निभलमा उपस्थित र स्टलमा रहेका विद्यार्थी विभिन्न जातजातिका फरक–फरक ड्रेस लगाएका थिए । आफ्नो, भाषा, जात र धर्मलाई परिचय दिन अधिकांश विद्यार्थी फरक–फरक जातिको भेषभूषामा सजिएका थिए । कार्निभलमा चर्चित गायक दीपक बज्राचार्यको ब्याण्ड र समूहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्प्रिङ कार्निभलका संयोजक दौलतराज श्रेष्ठले कार्निभलले विद्यार्थीका क्षमता अभिवृद्धि गर्न महत्त्वपुर्ण भूमिका खेलेको बताए । 

यो कार्यक्रम विद्यार्थीका लागि साँच्चिकै महत्त्वपूर्ण र अविस्मरणीय रहेको आयोजकले बताएका छन् । कलेजले सन् २०११ देखिनै यो स्प्रिङ कार्निभल आयोजना गर्दै आएको थियो ।कोभिडको कारण दुई वर्षसम्म स्थगित सो महोत्सव हरेक वर्ष आयोजना गरिने कलेजको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस