सरकारले गभर्नर निलम्बन गर्ने निर्णय गरेसंगै कुन नेताले के भने ?

सफल खबर संवाददाता

शनिबार, २६ चैत्र २०७८, ०८ : २८
सरकारले गभर्नर निलम्बन गर्ने निर्णय गरेसंगै कुन नेताले  के भने ?

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको टिप्पणी गरेका छन् । 

तस्करीको लाइन खुलेआम खुलाएर देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले गलत कार्य गरेको उनको आरोप छ । 
‘यसले मुलुकलाई द्रूततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन । अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएका र ‘अर्थ’मा मात्रै विशेष रुचि भएका जनार्दन शर्माका गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिने दिशामा दौडिनबाट कसैले रोक्न सक्दैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हुँदाहुँदा राष्ट्र बैंकपनि प्रत्यक्ष राजनीतिक हस्तक्षेपमा परेको भन्दै कटाक्ष गरेका छन् । उनले सर्वोच्चदेखि प्रहरी, प्रशासन, विश्वविद्यालय, केही राजनीतिक हस्तक्षेपबाट टाढा नरहेको टिप्प्णी गर्दै अब  ‍बाँकी नेपाली सेना मात्र रहेको बताएका छन् ।

सेना पनि कहिले विथोलिने हो थाहा नभएको मिश्रको कटाक्ष छ उनले जे रोप्यो फल्ने  त्यही हो भन्दै काम गर्दा कमजोरी हुनु र नियतवस राष्ट्रघाति हुनमा आकाश जमिनको अन्तर हुने पनि बताएका छन् ।  उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हुँदाहुँदा राष्ट्र व्याङ्क पनि प्रत्यक्ष राजनीतिक हष्तक्षेपमा पर्यो। सर्वोच्चदेखि प्रहरी, प्रशासन, विश्वविद्यालय, केही बाँकी छैन।

‍बाँकी, नेपाली सेना मात्र छ। त्यो पनि कहिले विथोलिने हो थाहा छैन। भोगौँ। जे रोप्यौँ त्यही फल्ने न हो। काम गर्दा कमजोरी हुनु र नियतवस राष्ट्रघाति हुनमा आकाश जमिनको अन्तर छ।’ शुक्रबार सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विषयमा एमालेका उपमहासचिव विष्णु रिमालले ‘ढङ्ग मरु–कसो गरूँ !’ भन्दै कटाक्ष गरेका छन् । निरन्तर बिग्रिरहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन सबैसँँग सहयोगको याचना गर्नुपर्ने बेला अर्थमन्त्री जनार्दन शर्माले लिएको निर्णय गलत भएको पनि उनको टिप्पणी छ । 

‘आफ्नो अक्षमता छोप्न अरूमाथि जाई लाग्नेलाई 
हाम्रो तिर भन्थे–‘ढङ्ग मरु–कसो गरूँ१’, उनले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन्, ‘निरन्तर बिग्रिरहेको अर्थतन्त्रलाई
ठीक बाटोमा ल्याउन  सबैसँँग सहयोगको याचना गर्नुपर्ने बेला प्रिय अर्थमन्त्रीजी, अर्थकै ‘वैधानिक’ सल्लाहकार गभर्नरलाई  निलम्बन गरेर महान काम गर्नुभयो ।’ 

हिजो अस्ति करोड़को चर्चा हुनु  र अहिले गभर्नरलाई निलम्बन गर्नुले शंका जन्माएको उनको भनाइ छ । ‘स्याल कराउनु र  बाख्रा हराउनु” जस्तै हो त रु’, उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस