कोरोना अपडेट : थप १२ जनामा संक्रमण पुष्टि, ८९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, १६ : २२
कोरोना अपडेट : थप १२ जनामा संक्रमण पुष्टि, ८९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल २ हजार ७१८ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार ६२१  एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज थप ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९३६ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६६९ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस