ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गर्दै सरकारी सम्पती कौडीको भाउमा नीजि क्षेत्रलाई दिए : मन्त्री आले

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १६ : ४२
ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गर्दै सरकारी सम्पती कौडीको भाउमा नीजि क्षेत्रलाई दिए : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओली सरकारका मन्त्रीहरुले भ्रष्टचार गर्दै सरकारी सम्पती कौडीको भाउमा नीजि क्षेत्रलाई दिएको आरोप लगाएका छन् । बिहीबार छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री ओलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पती फिर्ता गर्ने काम तीब्रताका साथ गर्ने पनि बताए ।

उनले आफू मन्त्री भएपछि सरकारी सम्पतीको दूरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्व ५ करोड रुपैया उठेको जिकिर गरे । त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने धारणा राखे ।

उनले एमाले अध्यक्ष ओलीले भन्दै आएको एक क्वीन्टलको ढकलाई आधा किलोमा झार्ने गरि चूनावी तयारी गर्न आग्रह गरे । उनले कोरोनाका कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस