कोरोना अपडेट : थप २५ जनामा संक्रमण पुष्टि, ८९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १६ : ३२
कोरोना अपडेट : थप २५ जनामा संक्रमण पुष्टि, ८९ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ६२३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २४ जना र १ हजार ३२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ संक्रमण पुष्टि नभएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ । सोही अवधिमा ६० हजार २६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १ हजार ८१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ३९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस