काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा प्रकाश खतिवडा चयन भएका छन् ।
पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको उपस्थितिमा सदस्यसहितको बैठकले खतिवडालाई सर्वसम्मत सो पदमा छनोट गरेको हो । सोमबार पार्टीका महासचिव वेदुराम भुसालले खतिवडालाई पदबहाली गराउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गरी जनतालाई सूसुचीत गराउन निर्देशन दिए ।
सो अवसरमा अर्का उपमहासचिव एवं मोर्चा फाँट प्रमुख डा विजय पौडेलका साथै प्रचार विभागका सदस्यसहित अन्य नेताहरूको सहभागिता रहेको थियो ।
पदबहालीपछि नवनियुक्त सचिव खतिवडाले विभागका कार्यलाई व्यवस्थितरूपमा अभिलेख गरी आफूले पाएको जिम्मेवारीलाई समन्वयात्मक ढङ्गले कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनियुक्त सचिव खतिवडा समाजवादी प्रेस सङ्गठनका उपाध्यक्षकोसमेत जिम्मेवारीमा हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ सप्तरीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएका उनि तत्कालीन प्रेस चौतारीको केन्द्रीय उपाध्यक्ष, प्रचार विभागको तत्कालीन अञ्चल विभागसहित युवा तथा विद्यार्थीको विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । सचिव खतिवडाले विसं २०४७ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १४ चैत्र २०७८, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय