साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल: नेपालले आज बंगलादेशसँग खेल्ने

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, ११ : ३०
साफ यू–१८ महिला च्याम्पियनसिप  फुटबल:  नेपालले आज बंगलादेशसँग खेल्ने

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशसँग नेपालले यो प्रतियोगितमा दोस्रो खेल खेल्न लागेको हो । खेल भारतको जमदेशपुरमा बेलुकी ७:१५ बाट हुनेछ ।

यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ ले पराजित भएको थियो । त्यस्तै नेपालले पहिलो खेलामा भारतसँग ७–० गोलले पराजित भएको थियो । साफ यू–१८ खेल भारतमा जारी छ । नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितको सुखद अन्त्य गर्ने चाहनामा छ ।

त्यस्तै यसअघिको हारको बदला लिने पनि नेपाललाई मौका छ । यो प्रतियोगितामा नेपाल अंकविहीन समूहको पुछारमा छ ।डबल राउण्ड रोबिनको आधारमा भइरहेको खेलमा शीर्ष दुई टीमले उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस