काठमाडौं । नेपाली कांग्रेसले पार्टीका प्रमुख भ्रातृ संगठनको केन्द्रीय समिति गठनको गृहकार्यअघि बढाएको छ। शुक्रबार बस्ने पार्टी केन्द्रीय समितिको बैठक अघि नै दश भ्रातृ संगठनका नेतृत्व तोक्ने तयारी गरेको हो।
विधान अनुसार कार्यकाल गुजारेका र केन्द्रीय अध्यक्षहरू पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघ अहिले नेतृत्वविहीन छन्।
ती संगठनको केन्द्रीय नेतृत्व नै नहुँदा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका साथै पार्टी सञ्चालन गरेको एक महिने अभियान पनि प्रभावित भएको भन्दै कांग्रेस पदाधिकारीहरू दश भ्रातृ संगठनको अध्यक्ष तोक्ने तयारीमा जुटेका छन्।
अधिकांश भ्रातृ संगठनको केन्द्रीय नेतृत्व सभापति शेरबहादुर देउवानिकटले नै पाउनेगरी तयारी भइरहेको जानकारी दिंदै निकट एक नेताले भने,‘नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्षमा डुजाङ शेर्पा र विद्वान् गुरुङलाई बनाउने निश्चित जस्तै भएको छ। अन्य संगठनको पनि टुंगो लाग्ने क्रममा छ ।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०९ चैत्र २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?