काठमाडौं । ‘मैयाँ (परिवर्तित नाम) अब बाँच्लिन जस्तो छैन । गर्नुपर्ने कर्म गरौं ।’ नाडी छामिरहेका पल्लाघरका हजुरबाले आदेश दिए । बिरामी मैयाँ पिँढिमा सुतेकी थिइन् । छेउमा थिए उनकै श्रीमान नियाउरो अनुहार बनाएर बसेका ।
मटानमा बेरेर राखेको गुन्द्री आँगनबाटै देखिन्थ्यो । पल्ला घरकी जेठानीले नयाँ गुन्द्री मोठको छेउमा ओछ्याइन् । मैयाँलाई पिँढिबाट मोठको छेउमा सारियो । तीन छोरी र एक छोरा पिढिमा डाँको छाडेर रुन थाले । श्रीमान रुल्ल टुल्ल हेरिरहे । आँगनमा भिड बढ्दो थियो । पण्डित हजुरबा त्यहिँ थिए दशदानको विधि पुरा हुँदै थियो । मैयाँले दाह्रा किटिन र होस्मा आइन् ।
‘ल होस आयो । अब अस्पताल लान ढिला नगरौं ।’ मोठमा लान आदेश दिने हजुरबाले फेरि भने । हात हातमा फोन थिएन । एम्बुलेन्सलाई फोन गर्न भन्दै रामहरी पसलमा दौडियो । संयोगले बिरामी पुर्याएर बजार फर्किदै गरेको एम्बुलेन्स पसल अगाडी कच्ची सडकमा आइपुगेको रहेछ । घरबाट डोलीमा बोकिएर आएकी मैयाँ एम्बुलेन्स चढिन् । एम्बुलेन्स सिधै काठमाडौं स्थित थापाथलीमा रहेको प्रशुती अस्पताल पुगेर रोकियो ।
तीन दिनपछि गाउँमा नयाँ खबर पुग्यो । मैयालाई ठिक हुँदै छ रे । आज त जाउलो पनि खाइन् रे । घर कुरेर बसेका छोरी खुसी भए । डोली चढेर काठमाडौं हिँडेकी मैयाँ दुई हप्तापछि ठम ठमक हिँडेरै घर फर्किइन् । गाउँले सबै मैयाँको हँसिलो चेहरा देखेर खुसी भए ।
धादिङ जिल्ला निलकण्ठ नगरपालिका ५ कि मैया २५ वर्ष अघि आफुले भोगेको त्यो घटना चाहेर पनि बिर्सन सक्दिनन् । ‘म त मरेर बाँचेको मान्छे बाबै ।’ उनी अहिले पनि भन्छिन् । अहिले हजुरआमा भैसकेकी मैयाँको त्यो नाजुक स्थिती हुनुको मुख्य कारण थियो असुरक्षित गर्भपतन ।
तीन छोरी एक छोरा जन्माएका मैयाँ दम्पत्तिलाई थप सन्तान जन्माउने चाहना थिएन । पाँचौ पटक गर्भवती भएपछि श्रीमान श्रीमतीविच सल्लाह भयो गर्भपतन गराउने । कहाँ कसरि थाहा थिएन । गर्भपतन अपराध हो भन्ने मान्यता थियो भने अस्पतालमा गर्भपतन गरिन्छ भन्ने मैयाँ दम्पत्तिलाई जानकारी नै थिएन । पल्लो गाउँकै एकजना आमैले झारबुटीबाट बनाएको औषधी खुवाएर यस अघि पनि गर्भपतन गराएको सुनेका थिए ।
श्रीमान श्रीमती सल्लाह गरेर आम्मैसंग औषधिको वारेमा बुझ्न गए आम्मैले आफुले झारबुटीबाट बनाएको औषधी खाएपछि एकहप्तामा गर्भपतन हुने र स्वास्थ्यमा कुनै समस्या नहुने जानकारी दिइन् । झारबुटीबाट बनेको औषधी खाएपछि मैयाँ गम्भिर बिरामी परिन् । मैयाका श्रीमान भन्छन् ‘प्रसुती गृहमा पुगेर डक्टरलाई देखाएपछि थाहा भयो । गर्भपतन हुने क्रममा गर्भमा रहेका केही टुक्रा पाठेघरमै अड्किएको रहेछ । अस्पतालमा क्युटेक्ट गरेपछि ठिक भयो ।’ राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ चैत्र २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु