कोरोना अपडेट : थप १७ जनामा संक्रमण पुष्टि, ४०९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १६ : २१
कोरोना अपडेट : थप १७ जनामा संक्रमण पुष्टि, ४०९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ४३ जनामा नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी, शनिबार ४०९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस