कोरोना अपडेट : थप ५१ जनामा संक्रमण पुष्टि, मृत्यु शुन्य

सफल खबर संवाददाता

शुक्रबार, ०४ चैत्र २०७८, १५ : ०९
कोरोना अपडेट : थप ५१ जनामा संक्रमण पुष्टि, मृत्यु शुन्य

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९ सय १४ जनामा नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी, बिहीबार ३९२जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ९६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस