कोरोना अपडेट : थप २७ जनामा संक्रमण पुष्टि, २२० जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, १६ : १७
कोरोना अपडेट : थप २७ जनामा संक्रमण पुष्टि, २२० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस