काठमाडौं । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् ।
माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।
एमसीसी सम्झौता संसदबाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीलेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् ।
अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिएको खबर नेपालसमाचारपत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २६ फागुन २०७८, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?