काठमाडौं । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् ।
माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।
एमसीसी सम्झौता संसदबाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीलेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् ।
अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिएको खबर नेपालसमाचारपत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २६ फागुन २०७८, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र