काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्ने तयारी थालेको छ ।
अभियान सञ्चालन गर्न सबै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी गरेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउनेबारे सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
मंगलबार बिहान सानेपास्थित पार्टी केन्द्र्रीय कार्यालयमा पार्टीका नेताहरूसँग सभापति देउवाले छलफल गरेको केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए । केही समय छलफल गरेर देउवा सानेपाबाट बाहिरिएका छन् ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका छन् । कांग्रेसले स्थानीय निर्वाचनको तयारीसँथै अमेरिकी सहयोग परियोजना एमसीसीबारे जनतामा रहेको भ्रम चिर्ने अभियान सुरु गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?