एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २४ फागुन २०७८, ०७ : ४७
एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु

काठमाडौं । राजधानीमा  एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् । नागर्जुन नगरपालिका–६, रामकोटमा भेटिएका ति ५ जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । गम्भिर घाइते उनको परिवारका थप चार सदस्यको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको एसएसपी गिरीले बताए ।

घटनास्थलमा पुगेका एक अनुसन्धान अधिकृतका अनुसार उनीहरुले विष खाएको हुनसक्ने आशंका गरिएको छ । 

प्रतिक्रिया दिनुहोस