वृन्दाकाे चमत्कार

चितवनकी वृन्दा ‘डान्स इण्डिया डान्स’ मा (भिडियो सहित)

सुरेन कुँवर

बुधबार, २६ बैशाख २०७५, १८ : १७

चितवन । चितवनकी सानी फुच्ची वृन्दा यतिबेला भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स’ लिटिल मास्र्टस को टप ८ मा पुग्न सफल भएकी छिन् । उनको वास्तविक बसोबास तनहुँमा भने पनि सो कार्यक्रममा भने उनको ठेगना चितवन उल्लेख गरिएको छ ।

नेपालमा समेत चर्चीत जी टिभिबाट प्रसारण हुँदै आएको उक्त शोमा तनहुँ देवघाटकी १० बर्षकी वृन्दा दाहालले हरेक सिजनमा आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै आएकी छिन् । निर्णायकहरुको सकारात्मक र उत्साहजनक प्रतिकृया पाईरहेकी वृन्दाले अवको यात्रामा आफुलाई भोट गर्न सम्पुर्ण देश विदेशमा रहका नेपालीहरुलाई अपिल गरेकी छिन् । उनलाई भोट दिन डिआईडी लिटिल मास्टरकी विजेता तेरिया फौजा मगरले समेत अपिल गरेकी छिन् । 

‘डान्स इण्डिया डान्स लिटिल मास्टर्स’ को चौथौँ सिजनमा वृन्दा टप आठमा पर्न सफल भएकी थिईन् तर गत शनिबारको शोमा ‘ट्रायल जाने’ बाट थप चार जनाको पुनःआगमन भएपछि प्रतिस्पर्धा टप १२ मा पुगेको हो । 
निकै संघर्ष गरी  अडिसनका लागि हजुरआमासँगैँ भारत पुगेकी उनी देवघाटमा मात्र नभइए चितवन र नेपालकै सान बनिरहेकी छिन् । उनलाई प्रतियोगितामा अगाडी बढाउनको लागि भोट गर्न DIDM  स्पेश BRI टाईप गरी ५७५७५ मा पठाउन सकिन्छ भने वेबसाईटमा गएर ZEE5.com/didlmvote मा गएर निरन्तर भोट गर्न सकिन्छ ।
साथै ईन्स्टाग्राम  instagram.com/ZEETV पेजमा गएर वृन्दाको फोटोमा लाईक गरेर पनि भोट गर्न सकिन्छ । भोटिङ समय आईतबार राति ९ बजेर १५ मिनेटबाट सुरु भएको भोलिपल्ट सोमबार बिहान ७ बजेर १५ मिनेटसम्म रहने प्रतियोगिताको नियम छ ।
वृन्दाको कुशल नृत्य ,उनको डान्सलाई लिएर गरिएको संघर्ष र ‘ इनोसेन्ट’ अनुहारको कारण पनि उनले निर्णायकहरुको मन जित्न सफल भएकी छिन् । विषेशगरी नेपालीहरुको समर्थन र भोट पाउँनेमा उनी ढुक्क छिन् । ती बालिकाको संर्घषबाट भावुक भएका निर्णायकमध्येका मर्जीले उनलाई छोरीको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस