सरना श्रेष्ठको मन्तर मोहनी गीत सार्वजनिक हुँदै

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १२ : १२
सरना श्रेष्ठको मन्तर मोहनी गीत सार्वजनिक हुँदै

काठमाडौँ  । गायिका, निर्देशक तथा मोडल सरना श्रेष्ठको नयाँ गीत ‘मन्तर मोहनी आइतबार सार्वजनिक हुने भएको छ । लिजेन्ड हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पुत्री सरनाले नयाँ गीतका रुपमा मोहनी मन्तर बजारमा ल्याउन लागेकी हुन् ।

उनको गीत आइतबार सार्वजनिक हुँदैछ । सरना आफैले निर्देशन गरेको भिडियो पनि आइतबार सार्वजनिक हुनेछ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सरना पनि छिन् ।


कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरनाकै स्वर छ । गितको भिडियोमा बुवा मदनकृष्ण र हरिवंश आचार्य पनि देखिनेछन् । 

प्रतिक्रिया दिनुहोस