अरुण नदीमा पुल अलपत्र पार्ने ठेकदार कम्पनीको ठेक्का रद्द गर्छौं: मुख्यमन्त्री राई

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १९ : ५५
अरुण नदीमा पुल अलपत्र पार्ने ठेकदार कम्पनीको ठेक्का रद्द गर्छौं: मुख्यमन्त्री राई

File-photo

काठमाडौं । मुख्यमन्त्री राजेन्द्र राईले  संखुवासभा  र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्दे कारबाही गर्ने बताएका छन् । 

मुख्यमन्त्री  राईले अरुण नदीको अलपत्र पक्की पुल अनुगमन सो कुरा बताएका हुन् । मुख्यमन्त्री राईले बुधबार ११ बर्ष अघि निर्माण थालिएको संखुवासभा  र भोजपुर जोड्ने लम्सुवाघाट स्थित अरुण नदीको अलपत्र पक्की पुलको अनुगमन गरेका हुन् ।

स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको छ । २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ । 

अलपत्र पुल अनुगमन गर्दे मुख्यमन्त्रीराईले हालसम्मको प्रगति अवस्थाको बारेमा जानकारी लिएका थिए । लम्सुवाघाटको अरुण नदीमा तीन बर्ष भित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भएपनि हालसम्म ३० प्रतिशत मात्र काम सकिएको छ । 

अलपत्र पुलको अनुगमन गर्दे मुख्यमन्त्रीराईले डिजाइन अनुसार पुल निर्माण हुन सक्ने अवस्था नभएको भन्दै ठेक्का सम्झौता रद्द गरेर कार्रवाहीका लागि संघीय सरकारलाई सिफारिस गर्ने उनले बताए । 

अहिलेको अवस्थामा यहाँ पुल बन्न नसक्ने भएका कारण नयाँ ठेक्का गर्न वा ठाउँ चेन्ज गर्न भन्ने चाडै निश्र्कष निकालिने मुख्ममन्त्री राईले बताए । 

स्वच्छन्द निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लो पटक २०७७ पुष १३ गते सम्म म्यादथप गरेको थियो । १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको पक्की पुल हालसम्म खर्च ३ करोड ८५ लाख २२ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । 

पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको जनाएको छ  । लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो ।

पुल अनुगमनमा संखुवासभा जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य,खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस