शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको छ: अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १५ : ०६
शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको दाबी गरेका छन। पुँजी बजारबारे बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको उल्लेख गरे ।

आजैबाट पुँजीबजार सुधार नयाँ ढंगबाट अघि बढाउन पनि उनले निर्देशन दिए ।यसबीच ‘फलानो पार्टीको फलानो मन्त्री भएकाले सेयर बजार घटेको’ भन्दै राजनीतिकरण गरिएकोप्रति पनि अर्थमन्त्रीले आपत्ति जनाए ।

आफूले सबै लगानीकर्ताको सुरक्षा र हितका लागि पुँजी बजारलाई स्वच्छ र पारदर्शी बनाउन खोजेको उनको दाबी छ ।निश्चित स्वार्थ समूहले आफूविरुद्ध भ्रम फैलाएर सबै लगानीकर्तालाई दिगभ्रमित पार्न खोजेको मन्त्री शर्माले दाबी गरे ।

पुँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरूको धारणा लिन अर्थमन्त्रीले छलफल बोलाएका हुन।

प्रतिक्रिया दिनुहोस