काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र विवाद चर्किएको छ ।
माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् । एमसीसी व्याख्यात्मक घोषणापश्चात् पारित गर्न दाहालले पाँच दलीय गठबन्धनमा सहमति गरेका थिए । श्रेष्ठले अन्य असन्तुष्ट नेताहरूसँग अब के गर्ने भन्दै छलफलमा जुटेपछि दाहाल उनलाई फकाउन लागिपरेका छन् ।
एमसीसीले माओवादी केन्द्रमा विवाद
एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर माओवादी पार्टीमा विवाद चर्कंदै गएपछि श्रेष्ठले नयाँ पार्टी गठन गर्ने चर्चासमेत भइरहेको छ । अध्यक्ष दाहाल मंगलबार श्रेष्ठलाई फकाउन हात्तीवनस्थित उनको निवास पुगेका पुगेका छन् । दाहाल र श्रेष्ठबीचको भेटपछि दाहालका स्वकीय सचिव रमेश मल्लले पार्टीमा कोही कसैप्रति असहिष्णु र अमर्यादित नहुन आग्रह गरेको बताए ।
दाहालको सचिवालयले पार्टीभित्रको असहमति कमिटीभित्रै दर्ज गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । अध्यक्ष दाहालले श्रेष्ठसँग भेटेर आफ्ना असन्तुष्टि पार्टीको बैठकमा राख्न आग्रह गरेका छन् ।
पार्टीमा नेताहरूबीच कहिलेकाहीँ मुद्दागत वा विषयगत अस्पष्टता र असहमति हुने तर ती विषय पद्धतिअनुरूप पार्टी कमिटीमा दर्ज गर्नुपर्ने दाहालका स्वकीय सचिव मल्लले बताए । श्रेष्ठले संसद्बाट एमसीसी पारितको दिनलाई आमदेशभक्त नेपाली जनताले ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ फागुन २०७८, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : प्रचण्ड
प्रचण्डसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन
सहिद परिवारको घरमा प्रचण्डको बास
माओवादी प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद