स्थानीय निर्वाचनको घोषणापत्र कांग्रेसले चाँडै सार्वजनिक गर्नेछः प्रकाशशरण महत

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १६ : १०
स्थानीय निर्वाचनको घोषणापत्र कांग्रेसले चाँडै सार्वजनिक गर्नेछः प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले स्थानीय तहको निर्वाचनको घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र चाँडै सार्वजनिक गर्ने बताएका हुन् ।

कांग्रेसले स्थानीय तहको निर्वाचनका लाथि एक महिने संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ ।आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनको भनाइ छ । त्यसका लागि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ भन्ने नारा तय गरिएको उनको भनाइ छ । यसका लागि सबै भ्रातृ तथा शुभेच्छुक संस्थालाई परिचालन गरिएको प्रवक्ता महतले बताए ।

प्रतिक्रिया दिनुहोस