सुदूरपश्चिमलाई सुनको टुक्रा बनाउँने देउवापत्नीको दाबी

पत्रपत्रिकाबाट

शुक्रबार, १७ कार्तिक २०७४, ०७ : २७
सुदूरपश्चिमलाई सुनको टुक्रा बनाउँने देउवापत्नीको दाबी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले सुदूरपश्चिमलाई सुनको टुक्राको रुपमा विकास गर्ने दाबी गरेकी छन् । नेपाली कांग्रेसकै नेतृत्वमा सुदूरपश्चिमलाई समृद्ध बनाउने प्रतिबद्धता गर्दै उनले प्रदेश ७ लाई सुन जस्तै बहुमूल्य बनाउने बताइन ।

कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरिसकेपछि राणाले स्थानीय स्रोतको उपयोगबाटै प्रदेश ७ का जनताको जीवनलाई सहज बनाउन सकिने बताइन । प्रदेश ७ को भुगोल र जनसंख्या समेत मिलेको भन्दै उनले सानो भूगोल र थोरै जनसंख्या भएकोले पनि समृद्ध बनाउनका लागि सहज हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस