काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले होहल्लाका बीचमा एमसीसी लगेर संसद्मा तमासा गरिएको आरोप लगाएका छन् ।१४ जना गैर सांसदलाई कारबाहीको माग राखेर एमालेले महिनौंदेखि नियमित संसदीय प्रक्रियामा भाग लिएको नेता खगराज अधिकारीले बताए । यस्तो बेला होहल्लाका बीचमा एमसीसी टेबुल गरेर भाँडभैलो उत्तानो थैलो गरिएको छ ।एमालेले एमसीसी पास गर्छु भनेर कहिले पनि नभनेको पनि उनले दाबी गरे ।
पूर्वगृहमन्त्री समेत रहेका अधिकारीले एमालेमा भीम रावालको गाईजात्राले केही लछारपाटो नलगाउने बताए । शेरबहादुर देउवा गठबन्धन तोडेर आए एमालेले स्वागत गर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ फागुन २०७८, १५ : ४४
लेखकबाट थप