पर्यटन मन्त्री आलेको निर्देशनमा पशुपती क्षेत्रका पर्खालमा पेन्टिङ

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, १३ : २१
पर्यटन मन्त्री आलेको निर्देशनमा पशुपती क्षेत्रका पर्खालमा पेन्टिङ

काठमाडौं । काठमाडौंको गौशालास्थित पशुपती क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपती क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो । 

शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ । 

प्रतिक्रिया दिनुहोस