काठमाडौँ । काठमाडौँको सामाखुशीबाट चोरीको मोटरसाईकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।
महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुशीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० को संजय विश्वकर्मालाई बास्तविक नम्वर परिवर्तन गरि प्रदेश ३(०२(१२ प ५५८२ नम्वर भएको एनएस पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए । वास्तविक नम्बर बा८५प ९०३४ खुल्न आएको उक्त मोटरसाईकल यहि पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाईकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १० फागुन २०७८, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ