‘वासुदा’ उपन्यास लिएर आए भीष्मराज फुलारा

सफल खबर संवाददाता

सोमबार, ०९ फागुन २०७८, १० : ३६
‘वासुदा’ उपन्यास लिएर आए भीष्मराज फुलारा

काठमाडौं। युवा उपन्यासकार भीष्मराज फुलाराको कृति ‘वासुदा’ सार्वजनिक भएको छ । साहित्यमार्फत न्याय, समानता र परिवर्तनका लागि विद्यार्थी कालदेखि नै कलम चलाउँदै आएका फुलाराको उपन्यासलाई राजधानीमा आइतबार आयोजित कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, एटर्नी एट ल अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारालगायतले सार्वजनिक गरे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले एक संघर्षशील युवाको जीवनकथामा आधारित उपन्यास पढ्दा मुल पात्र वासुदामा एकैपटक देखिएका चुनौतीको सामना गर्ने साहस प्रशंसनीय पाएको बताए ।

उपन्यासकार फुलाराले कृतिमा वासुदाको जीवन संघर्ष रोचक, मर्मस्पर्शी र वास्तविक जीवनका रहस्य आममानिसको आफ्नै जीवनरेखाकै वरिपरि घुमेको महसुस गराउने बताए । उपन्यास फुलारा लिटरेचर फाउन्डेसन नेपालले प्रकाशन गरेको हो ।

फुलाराका यसअघि ‘टुहुरो कुण्डली (उपन्यास)’, ‘नफापेको मान्छे (उपन्यास)’, ‘नेपाली भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’, ‘ओरपान हरस्कोप’ प्रकाशित भइसकेका छन् । गीतकारसमेत रहेका फुलाराका आधा दर्जन गीतह बजारमा आइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस