काठमाडौं । ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले ई–सेवामा रु ५० हजार जम्मा गरेमा रु दुई हजार ५०० बोनस पाइन्छ भनी जम्मा गर्न लगाई ठगी गर्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आज पक्राउ गरेको हो ।
पक्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई रु सात लाख २७ हजार ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०८ फागुन २०७८, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ