एचआइभीबाट विश्वमै पहिलोपटक संक्रमणमुक्त भइन् महिला

एजेन्सी

विहीबार, ०५ फागुन २०७८, १६ : ४७
एचआइभीबाट विश्वमै पहिलोपटक संक्रमणमुक्त भइन् महिला

बीबीसी । एक अमेरिकी बिरामी एचआइभी एड्सबाट निको हुने विश्वकै पहिलो महिला बनेकी छिन् । उनी एचआइभी भाइरसबाट मुक्त हुने संसारमै तेस्रो बिरामी र पहिलो महिला भएको बीबीसीले जनाएको छ ।

रगत क्यान्सरको उपचार क्रममा उनलाई एचआइभी संक्रमण भएको हो । एड्स संक्रमण गराउने भाइरसविरुद्ध प्राकृतिकरुपमा प्रतिरोधी क्षमता भएका व्यक्तिबाट ती महिलामा स्टिम कोष प्रत्यारोपण गरिएको विवरणमा जनाइएको छ ।

विगत १४ दिनयता उपचारपछि उनी संक्रमणमुक्त भएको भनिएको छ । नाइटोबाट रक्त कोषिका प्रत्यारोपण गराएर गरिएको यो विधिलाई अन्य बिरामीमा प्रयोगमा ल्याउनु निकै जोखिमपूर्ण हुने विज्ञले जनाएका छन् ।

अमेरिकाको डेनभरमा मंगलबार आयोजित एक चिकित्सा सम्मेलनमा ती महिलाले भाइरसबाट संक्रमणमुक्त भएको उल्लेख गरिएको थियो । एचआइभी एड्सको उपचारमा यस्तो विधि प्रयोग गरिएको यो पहिलोपटक भएको बीबीसीले जनाएको छ ।

नाइटोबाट रगत प्रत्यारोपण गरिएको ती महिलालाई एचआईभी उपचारका लागि एन्टिरेट्रोभाइरल थेरापी दिइएको थिएन । अन्तिम पटक २०१७ मा उनको रगत प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस